काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, पुरानोबस पार्क बागबजारबाट एसपी रुकेश तण्डुकार सम्मानित भएको छ ।
शुक्रवार सेवा केन्द्रको कार्यालयमा आयोजित नयाँ बर्ष २०८२ सालको शुुभकामना तथा क्यालेडर विमोचन कार्यक्रममा एसपी तण्डुकार सम्मानित भएको हो ।
सेवा केन्द्रका कार्यवहाक अध्यक्ष तथा कार्यक्रम सभापति सुरेन्द्र शाही खड्गीले एसपी तण्डुकारलाई मायाको चिनो उपहार प्रदान गर्दै सम्मान गरेको हो ।

यसै विच सेवा केन्द्रले प्रकाशनमा ल्याएको २०८२ सालको क्यालेण्डर कार्यक्रमका प्रमुख अथिती समेत रहेका एसपी तण्डुकार सहित कार्यक्रम अथिती रहेका प्रमुख सल्लाहकार मोहम्मद निजामुद्धिन, पुर्व अध्यक्ष विपेन्द्र खड्गी लगायतले संयुक्त रुपमा विमोचन गरेका थिए ।
कार्यक्रममा सेवा केन्द्रका महासचिव होमप्रसाद खड्गीले सामुदायिक सेवा केन्द्रको बारेमा संक्षिप्त जानकारी दिँदै एसपी तण्डुकारलाई बधाई दिएका थिए ।

त्यसैगरी, सेवा केन्द्रका उपाध्यक्ष रमा थापाले स्वागत मन्तव्य राखेका थिए भने सचिव निशा अलिखानले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा कार्यबहाक अध्यक्ष खड्गीले सम्मानित एसपी तण्डुकारलाई हार्दिक बधाई ज्ञापन गर्दै उपस्थित सबैलाई धन्यावाद दिए ।

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in समाज