काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पुरानो बसपार्क २८ वडाको १५ औं बार्षिक साधारणसभाको उपलक्ष्यमा समुदायमा सेवा पुराएका विभिन्न व्यक्तित्वहरुलई हिजो शनिवार सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा सामाजसेवी राम कृपाल गुप्ता, समाजसेवी दल बहादुर श्रेष्ठ, महेश तण्डुकार, सामुदायिक सेवा केन्द्रका महासचिव कमरुदिन मियाँ, सचिव ध्रुब खड्गी, कोषाध्यक्ष निमित्ता प्रधान शाक्य, प्रहरी जवान हर्षराज जोशी, खेलकुद क्षेत्रमा रजत पदक जित्ने तथा शारिरिक सुसंगठनको तर्फबाट रुजेन शाही र मंगोलियमा शारिरिक सुसंगठनमा रजत पदक बिजेता मनिता महर्जनलाई कार्यक्रमका प्रमुख अथिति सामुदायिक सेवा उपत्यका समन्व्य परिषदका अध्यक्ष सुरेन्द्र कुमार बोगटीले सम्मान गरेका थिए ।
प्रमुख अथिति बोगटीले सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको अवधारणा, सामाजमा केन्द्रको भुमिका लगायतका विषयमा मन्तव्य दिएका दिँदै प्रहरीको समन्वयमा समाज हुने गरेका अपराध, अबान्छिन गतिविधिरुलाई निर्मुल पारी एक सभ्य र स्वस्थय सामाजको निर्माणमा जोड दिनुपर्ने बताए ।
सामुदायिक सेवा केन्द्रद्धारा समुदायकको कामलाई सहज बनाउन ९ उपसमिति गठन गरी सबैको संयोजक तोकेको छ । धर्म, संस्कृति तथा जात्रा, स्वास्थय, महिला तथा बालबालिका, सरसफाई तथा स्वास्थ्य लगायतका उपसमितिहरु रहेका छन् ।
सो कार्यक्रमा समुदायका बरिष्ठ सल्लाहकार मो. निजामुद्दिन, २८ वडा सदस्य देवेन्द्र ख्ड्गी, समाजसेवी होमप्रसाद खड्गी लगायतका अथितिहरुले आ आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रमको अन्त्यमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष तथा कार्यक्रम सभापति विपेन्द्र खड्गीले हामी समुदायका बस्ने मानिसहरु जुनसुकै राजनीतिक विचार धारा, धर्म संस्कृति भएपनि सामाजको हितमा सबैको एकै विचार र कर्म हुनु पर्नेमा जोड दिए ।
सो कार्यक्रमलाई उद्घोषण केन्द्र सचिव ध्रुव खड्गीले गरेका थिए ।
Categorized in राष्ट्रिय