२६ बैशाख २०८१, बुधबार
Header

सामुदायिक सेवा केन्द्र बागबजारद्धारा आयोजित ‘स्वास्थ्यको लागी दौड प्रतियोगिता’ सम्पन्न (फोटो फिचर)


प्रकाशित: सोमवार, ७ कतिक २०७९, १८ः०० बजे
- रचना शाही खड्गी

काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बागबजार पुरानोबसपार्कद्धारा आयोजित ‘स्वास्थ्यको लागि दौड प्रतियोगिता–२०७९’ सम्पन्न भएको छ । 


नेपाल संवत् ११४३, शुभ दिपावली तथा छठपर्व–२०७९’ को उपलक्ष्यमा आयोजित दौड प्रतियोगिता बागबजार २८ का स्थानिय जेष्ठ नागरिक ८९ बर्षीय पुरुष माईला तण्डुकार र ९२ बर्षिया लक्ष्मीमाया खड्गीले रिविन काटेर शुभारम्भ गरेका थिए । 

 

 


सो अवसरमा बाङमय शताब्दी पुरुष तथा संस्कृतविद् सत्यमोहन जोशीको तस्वीरमा माला लगाई श्रद्धाञ्जली अर्पण समेत गरिएको थियो । 

 


महिला/पुरुष दुवै सहभागी सो दौड प्रतियोगितमा पुरुष तर्फ भीमबहादुर गुरुङ प्रथम, कपिल भट दोस्रो र भरत तण्डुकार तेस्रो भएका थिए भने महिला तर्फ मीनु खड्गी प्रथम, रुमी श्रेष्ठ दोस्रो र स्मिता श्रेष्ठले तेस्रो स्थान हासिल गरेका थिए । 


बिजेताहरुलाई कार्यक्रमका प्रमुख अथिती काठमाडौं महानगरपालिका वडा २८ का अध्यक्ष भाईराम खड्गी, विशिष्ट अथिती सिंहदरवार प्रहरी बृत अनामनगर प्रमुख डिएसपी गोबिन्द पुरी, सेवा केन्द्रका अध्यक्ष तथा कार्यक्रम सभापति विपेन्द्र खड्गीले ट्रफी तथा सम्मान पत्र प्रदान गरेका थिए । स्थानीय समाजसेवी तथा सेवा केन्द्रका सक्रिय सदस्य पूर्णबहादुर खड्गीको संयोजक्त्वमा आयोजित सो कार्यक्रमा स्थानीय, समाजसेवी, संघ, संस्थाका प्रतिनिधिीहरुको उल्लेखनिय सहभागी रहेको थियो । 

 

 

कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक खड्गीले कार्यक्रममा सफल बनाउन सहयोग गर्ने सेवा केन्द्रका कार्यसमिति, सदस्यहरु, प्रतियोगितामा सहभागीहरु, स्थानीय संघ, संस्थाका प्रतिनिधिहरुलाई धन्यवाद दिँदै आगामी दिनमा यस्तै किसिमका समाजिक गतिविधिहरु गर्ने बताए । 


प्रमुख अथिति वडा अध्यक्ष खड्गी, विशिष्ट अतिथी डिएसपी गिरि लगायतले कार्यक्रममा सम्बोधन गरेका थिए । सो अवसरमा सेवा केन्द्रका उपाध्यक्ष ध्रुव खड्गी, कामयाक स्कुलका प्रिन्सिपल धानेश्वर रावत, हार्दिक होटलका रमेश पाण्डे लगायतको उपस्थिती रहेको थियो । 


राष्ट्रिय धावक रमेश शाक्यले सञ्चालन गरेको यस दौड प्रतियोगितमा १५ जना पुरुष र ७ जना महिला सहभागी भएको सेवा केन्द्रका प्रहरी हवल्दार तथा कार्यक्रम समितिका सदस्य हर्कराज जोशीले जानकारी दिए । बागबजारस्थित कामयाक स्कुलदेखि सुरु भई भक्तपुर बसपार्क, रत्नपार्क, भद्रकाली, सिंहदरवार, पुतली सडकहुँदै पुनः कामयाक स्कुलमा सम्पन्न हुने गरी २ किलोमिटर दौड प्रतियोगिता रहेको थियो ।  


कार्यक्रमामा सेवा केन्द्रका कार्यसमिति उपाध्यक्ष सरस्वती पन्त भट्टराई, सहसचिव निशा अली खान, सह–कोषाध्यक्ष सुरेन्द्र खड्गी, सदस्यहरु राधेश्याम तण्डुकार, विना तण्डुकार, अन्जु श्रेष्ठ, रोशन शाक्य, मुन्ना हुसेन लगायतले स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए ।


यस प्रतियोगिताको व्यवस्थापन कार्यक्रम संयोजक पूर्ण बहादुर खड्ग्ीसहित महासचिव कमरुद्धिन मियाँ, कोषाध्यक्ष निमित्ता प्रधान शाक्य, सदस्य अजय खड्गी, बसन्त तण्डुकार, हर्कराज जोशीले गरेका थिए । 


कार्यक्रम महासचिव कमरुद्धिन मियाँले सञ्चालन गरेका थिए । 

 

 

 

 

 

 

 

 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD