१८ बैशाख २०८१, मंगलबार
Header

सामुदायिक सेवा केन्द्र बागबजारको नयाँ बर्ष क्यालेण्डर विमोचन


प्रकाशित: बुधवार, ५ बैशाख २०८१, १३ः०७ बजे
- रचना शाही खड्गी

काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्र पुरानो बसपार्क, बागजारले नयाँ बर्ष २०८१ को बार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । 


मंगलवार सामुदायिक भवन पुरानोबसपार्कमा सेवा केन्द्रका अध्यक्ष कमरुद्धिन मियाँ, प्रमुख सल्लाहाकार मोहम्मद निजामुद्धिन मियाँ, पूर्व अध्यक्ष विपेन्द्र खड्गी, कामपा २८ वडा सदस्य अरुण तण्डुुकार, प्रहरी इन्जार्ज केदारबाबु कार्की र सिद्धार्थ पव्लिक एकेडेमीका प्रिन्सिपल अन्जु थापाले संयुक्त रुपमा विमोचन गरेका हुन ।


सो बार्षिक क्यालेण्डर अनुसार नै सेवा केन्द्रका बार्षिक कार्यक्रम सञ्चालन हुने अध्यक्ष मियाँले जानकारी दिए । 


क्यालेण्डरमा सेवा केन्द्रले २०८० सालमा गरेको समाजिक गतिविधि, स्वास्थ्य कार्यक्रम लगायत समेटिएको छ । 


कार्यक्रममा सेवा केन्द्रका उपाध्यक्ष रमा थापा, सचिव निशा अली खान, कोषाध्यक्ष विना तण्डुकार, सदस्यहरुमा मोहम्मद मुन्न, आशा महर्जन लगायतको उपस्थिती रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD