२५ बैशाख २०८१, मंगलबार
Header

सामुदायिक सेवा केन्द्र बागबजारको असोज ६ गते साधारणसभा 


प्रकाशित: विहिवार, ४ असोज २०८०, १८ः५० बजे
- महानगरखबर

काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पुरानो वसपार्क बागबजारको २० औं साधारणसभा तथा ७ औ अधिवेशन हुने भएको छ । 


असोज ६ गते सेवा केन्द्रको अधिवेशन तथा साधारणसभा बागबजरस्थित सिटी म्याक्स हलमा विहान ११ बजे हुने मिति तय भएको महासचिव कमरुद्धिन मियाँले जानकारी दिए । 


काठमाडौं प्रहरी प्रमुख दिपक थापाको प्रमुख आतिथ्यमा हुन लागेको यस सभामा नयाँ कार्यसमिति चयन हुने उनले बताए । 


सो अवसरमा सेवा केन्द्रलाई विभिन्न किसिमकले सहयोग तथा सेवा पुगाएका व्यक्ति, संस्थाहरुलाई सम्मान गरिने भएको छ ।


यस पटक बागबजारको गुठीहरुलाई पनि सम्मान गरिने महासचिव मियाँले बताए । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD