काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, पुरानोबसपार्क बागबजारको प्रहरी इन्चार्ज प्रहरी हवल्दार यादव देवकोटालई स्वागत गरिएको छ ।
शुक्रवार सामुदायिक कार्यालयमा आयोजित स्वागत कार्यक्रममा प्रहरी इन्चार्ज देवकोटालाई सेवा केन्द्रका कार्यवहाक अध्यक्ष सुरेन्द्र शाही खड्गीले खादा र टिका लगाई स्वागत गरेका थिए ।

सो अवसरमा प्रहरी इन्चार्ज देवकोटालाई कार्यक्रम उपस्थित पूर्व अध्यक्ष विपेन्द्र खड्गी, सल्हाकार वेदबहादुर कार्की, महासचिव होमप्रसाद खड्गी, उपाध्यक्ष रमा थापा, कोषाध्यक्ष विना तण्डुकार, सह–कोषाध्यक्ष रोशन शाक्यले खादा ओढाई स्वागत गरेका थिए ।
त्यसैगरी, सदस्यहरु पूर्ण बहादुर खड्गी, राधेश्याम तण्डुकार, अन्जु श्रेष्ठ, भरत तण्डुकार, मुन्ना, आशा महर्जन, राजु राजकर्णिकार, आमन्त्रित शर्मिला तण्डुर, प्रहरी जवान लक्ष्मण खड्का लगायतले पनि स्वागत तथा सम्मान गरेका थिए ।
सो अवसरमा प्रहरी इन्चार्ज देवकोटाले सामुदायिक प्रहरीको आवश्यकता समाजमा अझै स्थापित गर्न आवश्यक रहेको उल्लेख गरे ।
Categorized in समाज