काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पुरानो बसपार्क बागबजारको १९ औं बार्षिक साधारणसभा ७ जना सम्मानित भएको छ ।
सेवा केन्द्रको विभिन्न गतिविधिहरुमा सक्रिय रुपमा सहभागी भई विभिन्न माध्यमबाट सहयोग गरेका ७ जनालाई सम्मान गरेको सेवा केन्द्रका प्रहरी हवल्दार हर्कराज जोशीले जानकारी दिए ।
सम्मानित हुनेहरुमा महानगरखबरडटकमका रचना शाही, सेवा केन्द्रका सदस्य रोशन शाक्य, अशोक लामा, बसन्त तण्डुकार, गोबिन्द सिंघानिया आईटीटी कम्यूटर प्रा.लि र वन स्टार मोवाईल प्रा.लि.लाई सम्मान गरिएको थियो ।
उनीहरुलाई प्रमुख अतिथि काठमाडौं महानगर २८ वडाका अध्यक्ष भाईराम खड्गीले सम्मान पत्र प्रदान गरी काठमाडौं उपत्यका प्रहरी रानीपोखरीका सामुदायिक शाखा प्रमुख प्रहरी नायव उपरिक्षक राविराज थपिलियाले खादा ओढाई सम्मान गरेका थिए ।


Categorized in समाज