२५ बैशाख २०८१, मंगलबार
Header

सामुदायिक सेवा केन्द्रको जेष्ठ नागरिक भ्रमण सम्पन्न, मकवानपुरमा स्वागत


प्रकाशित: मंगलवार, १९ मंसिर २०८०, १९ः२० बजे
- रचना शाही खड्गी

काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, पुरानो बसपार्क बागबजारको तीन दिने जेष्ठ नागरिक धार्मिक भ्रमण सम्पन्न भएको छ । 


मंसिर १५ गते शुक्रवार काठमाडौंबाट सुरु भएको भ्रमणमा टिका भैरव, मकवानपुर गढीमाई, हेटैंडा भुटनदेवी, बिरगंज माईस्थान, चितवनको राष्ट्रीय निकुंज, सौराह, त्रिवेणी धाम, मुक्तिनाथ १०८ धारा, मौलाकालि मंदिर, नारायनी जेट स्टिमर , देवघाट लगायतका धार्मिक भ्रमण गरिएको थियो । 


सेवा केन्द्रका अध्यक्ष कमरुद्धिन मियाँले भ्रमणको पहिलो दिन हेटौंडामा सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्रले स्वागत गरेको बताए । 


सो अवसरमा मकवानपुर सामुदायिक केन्द्रका अध्यक्ष राम विष्टले मायाँको चिनो प्रदान गरेका थिए भने काठमाडौंबाट सामुदायिक सेवा केन्द्रका अध्यक्ष मियाँले पशुपतिको मन्दिर आकृति चिन्ह मायाको चिनो दिएका थिए ।


सेवा केन्द्रका अध्यक्ष होम प्रसाद खड्गीले सामुदायिक सेवा केन्द्र, बागबजारका बारेमा प्रष्ट पारेका थिए । 


एकसय २० जना सहभागी भएको सो भ्रमण सम्पन्न गरेर मंसिर १८ गते साँझ उनीहरु काठमाडौं आईपुगेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD