२२ बैशाख २०८१, शनिबार
Header

सामुदायिक सेवाद्धारा आयोजित आँखा शिविरमा ५९५ जनाले जाँच गरे, ४३ जनामा मोतिविन्दु


प्रकाशित: शनिवार, २० माघ २०८०, २१ः०० बजे
- रचना शाही खड्गी

काठमाडौं । सामुदायिक सेवा तथा सामुदायिक सेवा केन्द्र पुरानो बसपार्क, बागबजारले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५९५ जनाले जाँच गरेका छन । 


शनिवार बागबजारस्थित सिद्धार्थ पव्लिक स्कुलमा माट्रिका आई सेन्टरको प्रविधि सहयोग र साथी संगी नेपालको संयोजनमा आयोजित शिविरमा पाँचसय ९५ सयले आँखा जाँच गरेको सेवा केन्द्रकी सचिव निशा अलि खानले बताइन ।

 


सो शिविरमा ४३ जनामा मोतिबिन्दु देखिएको र उनीहरुलाई निःशुल्क रुपमा बानेश्वर स्थित माट्रिका आई सेन्टरमा शल्यक्रिया गरिने उनले जानकारी दिईन ।

 
शिविरमा ७/८ बर्षका बालवालिका देखि ९३ बर्षसम्मका बृद्धबद्धाहरु पनि सहभागी भएको थियो ।

 
विहान ९ बजेदेखि ३ बजेसम्म सञ्चालन गरिएको सो शिविरमा उल्लेखिय रुपमा स्थानीयहरुको सहभागिता रहेको थियो । शिविरमा सहभागी हुनेहरुलाई उनीहरुको आँखाको अवस्था अनुसार निःशुल्क आई ड्रप पनि उपलव्ध गराइएको थियो ।

 
शिविर सम्पन्न पश्चात प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा माट्रिका आई सेन्टरकी चिकित्सक प्रिया महर्जनले शिविरमा सहयोग पुराउने सेवा केन्द्रका पदाधिकारी, कार्यसमिति सदस्य, प्रहरीलाई धन्यवाद दिइन ।

 


‘भविष्यमा यस किसिमका कार्यक्रमहरु गर्न परेको खण्डमा माट्रिका आई सेन्टरलाई सम्झनु मेरो अनुरोध छ ।’ उनले भनिन ।

 
त्यसैगरी, साथी संगी नेपालकी अध्यक्ष रिना श्रेष्ठले शिविर भव्यताका साथ सफल भएकोमा सेवा केन्द्रप्रति आभारी प्रकट गर्दे साथी संगी नेपालले स्वास्थ्य, शिक्षा, बालवालिका लगायतका क्षेत्रका काम गर्दै आएको जानकारी गराएका थिए । 


कार्यक्रममा सेवा केन्द्रका कार्यसमिति सदस्य तथा स्थास्थ्य उपसमितिका संयोजक दिपा केसीले शिविर सञ्चालनमा सहयोग गर्ने माट्रिका आइ सेन्टर, साथी संगी नेपाल, आर्थिक सहयोग दाता र सेवा केन्द्रका सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

 
सेवा केन्द्रका अध्यक्ष कमरुद्धिन मियाँले शिविर खटिएर सहयोग गर्ने सबैलाई विशेष आभार प्रकट गर्दै आगामी कार्यक्रमबारे बताएका थिए । 


सेवा केन्द्रका महासचिव होम प्रसाद खड्गीले सञ्चालन गरेको सो कार्यक्रममा शिविर बारे प्रचार प्रसार गरी सहयोग गर्ने महानगरखवरकी सह–सम्पादक रचना शाही खड्गी,  सेवा केन्द्रका वरिष्ठ प्रहरी हवल्दार हर्कराज जोशी, सिद्धार्थ स्कुलका प्रिन्सिपल अन्जु थापालगायतलाई प्रमाणपत्र र खादा ओढाई सम्मान गरिएको थियो ।

 
शिविरमा सेवा केन्द्रका उपाध्यक्ष रमा थापा, सुरेन्द्र खड्गी, उपाध्यक्ष सरस्वती पन्त भट्टराई, सहसचिव अजय खड्गी, सह–कोषाध्यक्ष रोशन शाक्य, कार्यसमिति सदस्य पूर्णबहादुर खड्गी, आशा महर्जन, मोहम्मद मुन्ना, राजु राज कर्णिकार, भरत तण्डुकार, विक्रम ताम्राकार, अन्जु श्रेष्ठ आमन्त्रीत सदस्य बसन्त तण्डुकार, प्रहरी जवान लक्ष्मण खड्का, रन्जना माझी लगायतले भोलियन्टरको रुपमा सहयोग गरेका थिए ।

 
त्यसैगरी, कार्यक्रममा सेवा केन्द्रका पूर्व अध्यक्ष तथा संरक्षण समितिका विपेन्द्र खड्गी, पूर्व उपाध्यक्ष ध्रुव खड्गी, पूर्व उपाध्यक्ष मिना साह, पूर्व कोषाध्यक्ष निमिता शाक्य लगायतको उपस्थिती रहेको थियो ।

 
शिविर सञ्चालनको लागि आर्थिक सहयोग गर्ने दानबहादुर खड्गी, सवनम मल्ल ठकुुरी, दावा गुरुङ, राजेन्द्र अधिकारी तथा सेवा केन्द्रका कार्यसमिति पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD