३१ बैशाख २०८१, सोमबार
Header

सामुदायिक विद्यालय सरह तलब उपल्बध गराउन संस्थागत विद्यालहरुलाई बालेनको आग्रह


प्रकाशित: विहिवार, १४ असार २०८०, १७ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौंको संस्थागत विद्याहरुलाई सामुदायिक विद्यालयका शिक्षकहरुले प्राप्त गर्ने तलव सुविधा दिन आग्रह गरेको छ । 


प्रमुख साहले काठमाडौं महानगरका सामुदायिक विद्यालका शिक्षकहरुले पाउने तलब सुविधाबारे जानकारी गराउँदै सो अनुसार गर्न अनुरोध गरेको हो । 


उनले भने,‘काठमाडौं महानगरपालिकामा संस्थागत (निजि र प्राईभेट) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ ।’


तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ । 


‘यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ ।’ उनले भने । 


प्रमुख साहले सोही बमोजिम संस्थागत विद्यालहरुले तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध समेत गरेका छन ।

 



 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD