२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आवश्यकः प्रमुख शाक्य 


प्रकाशित: शुक्रवार, ३० असोज २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले सामूदायिक विद्यालयको गुणस्तर सुधार गर्न आवश्य रहेकोमा जोड दिएका छन । 


शिवपुरी माध्यमिक बिद्यालयको शुक्रवार ७२ औंं बार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख शाक्यले सामूदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिने वातावरण निर्माण गर्नुपर्ने बताए । 


‘नीजि क्षेत्रका विद्यालयले जसरी विद्यार्थी र अविभावकलाई आकर्षित गरिरहेको छन अब त्यसैगरी विस्तारै सामूदायिक विद्यालयले पनि चुम्बकीय गुणको विकास गर्नुपर्छ,’ शाक्यले भने, ‘संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो भनेर गुनासो गर्ने होइन त्यो भन्दा राम्रो र गुणस्तरीय शिक्षा दिएर तपाईँहरु (विद्यार्थी)को भविश्य हामी बनाई दिन्छौँ भन्ने  ग्यारेण्टी सामूदायिक विद्यालयले दिन सक्नुपर्छ । त्यो भयो भने सामूदायिकमा स्वत विद्यार्थीको चाप बढ्ने छ ।’


प्रमुख शाक्यले सामूदायिक विद्यालयका प्रधानाध्यापकहरुले पनि संस्थागत विद्यालयलाई निषेध होइन, मेरो विद्यालयमा अध्ययनरत विद्यार्थीको भविश्यको जिम्मा म लिन सक्छु भन्ने ध्येयका साथ पठन–पाठनमा ध्यान दिई विद्यार्थीका साथै अविभावकलाई पनि विस्वस्थ बनाउनु पर्नेमा जोड दिएका छन । 


‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयसँग समान बनाउने हो भने गुणस्तरीय शिक्षा खोज्दै अविभावक चर्को शुल्क तिर्नुपर्ने ठाउँमा जानुपर्ने वाध्यता स्वतः अन्त्य हुन्छ,’ उहाँले भन्नुभयो, ‘हामी बजारमा केही बस्तु किन्न जाँदा कसैले गुणस्तरीय बस्तु सस्तोमा दियो भने महंगोमा किन्न जाँदैनौँ, शिक्षा पनि त्यहि हो ।’ 


काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण सामूदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणको जिम्मा महानगरपालिकाले लिएको पनि जानकारी दिँदै प्रमुख शायले सामुदायिक बिद्यालयका शिक्षक÷शिक्षिकालाई शैक्षिक गुणस्तरमा संवेदनशील पनि आग्रह गरे । 


सो अवसरमा शाक्यले विद्यालयमा स्थापना गरिएको सूचना प्रविधि प्रयोगशालाको उद्घाटन गरेका थिए । दूरसञ्चार प्राधिकरणको सहयोगमा २४ वटा कम्प्युटरसहितको प्रयोगशाला स्थापना गरिएको हो । महानगरपालिका सूचना प्रबिधिमा आधारित शैक्षिक कार्यक्रममा केन्द्रीत रहेको प्रमुख शाक्यको  भनाई थियो ।   


समारोहमा बोल्दै विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीले भने, ‘हामी विद्यालयको सूचना प्रबिधि प्रयोगशालालाई नमूना र सिकाइ प्रयोगशालाका रुपमा विकास गर्न चाहन्छौं ।’ 


समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष, सेवा निवृत्त शिक्षक शिक्षिकालाई सम्मान प्रदान गरिएको थियो । त्यस्तै विद्यालयमा २५ बर्ष सेवा अवधि पूरा गर्ने शिक्षक शिक्षिकालाई शिवपुरी शिक्षा सेवा पदक उत्कृष्ठ शिक्षा सम्मान प्रदान गरिएको थियो । 
विद्यालयले कोभिड नियन्त्रणका उत्कृत्ठ काम गरेको जनाउँदै वडा ३ का अध्यक्ष दीपक के. सी. लाई बिशेष सम्मान गरेको थियो । 


बिद्यालयमा कक्षा १२ सम्म करीव १ हजार ३ सय बिद्यार्थी अध्यनरत छन ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex