काठमाडौं । सामाजिक सञ्जाल दर्ता गर्ने व्यवस्था हटाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रस्ताव गरेको ।
सूचना प्रविधिसम्बन्धी विधेयकमा सामाजिक सञ्जालसम्बन्धी दर्ता व्यवस्था गर्न उल्लेख सबै दफा हटाउन हटाउन संशोधन दर्ता गराएको छ ।
विधेयकको परिच्छेद १४ मा सामाजिक सञ्जालसम्बन्धी व्यवस्था छ, उक्त परिच्छेदका सबै दफाहरु हटाउन कांग्रेसले माग गरेको हो ।
दफा ९१ मा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले विभागमा दर्ता गर्नुपर्ने उल्लेख छ । विधेयक प्रस्तुत गर्ने सरकार पक्षले यो दफा सामाजिक सञ्जाल प्रयोगमा बन्देज लगाउने सरकारको मनसाय देखिएकाले त्यसलाई रोक्न संशोधन प्रस्ताव दर्ता गरिएको कांग्रेस सांसद डिला संग्रौलाले बताइन ।
संग्रौला सहितका कांग्रेस सांसदहरु दिलेन्द्रप्रसाद बडु, रंगमती शाही, मिनाक्षी झालगायत १८ जनाले विधेयकको दफा ९१ देखि १०० सम्म पुरै हटाउन प्रस्ताव गरेका छन ।
दफा ५८ को उपदफा ४ ले सरकारी निकायले आफ्नो कार्यालयको डोमेन नाम जीओभी डट एनपी अन्तर्गत दर्ता गर्नुपर्ने भनेको छ । तर, कांग्रेस सांसदहरुले दफा उल्लेख नगरी डोमेन तथा क्लाउडसम्बन्धी व्यवस्था अन्तर्राष्ट्रिय प्रचलन संगत हुने गरी व्यवस्था थप गर्नुपर्ने प्रस्ताव गरेका हुन ।
Categorized in राष्ट्रिय