१३ बैशाख २०८१, बिहिबार
Header

सामाजिक सञ्जालमा अश्लिल भिडियो पोष्ट गर्ने युवक पक्राउ


प्रकाशित: मंगलवार, २९ पुष २०७६, १७ः२० बजे
- महानगरखवर

काठमाडौं । समाजिक सञ्जालमा अश्लिल भिडियो पोष्ट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 


एक वर्षअघि सार्वजनिक बसभित्र हस्तमैथुन गर्दै अघिल्लो सिटमा बसेकी महिलाको कपालमा बिर्य पारेका भिडियो पोष्ट गर्ने रविन रुचाल पक्राउ परेका हुन । 


प्रहरीले उनलाई सोमबार चितवनबाट पक्राउ गरी मंगलावर काठमाडौंमा ल्याई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । 


चितवन भरतपुर घर भई बानेश्वर बस्ने रुचालले ओमन्स वारियर नामक फेसकुक ग्रुपबाट उक्त भिडियो अपलोड गरेपछि भाईरल बनेको थियो । 


भिडियो भाईरल भएलगतै समाजिक सञ्जालमा यसको कडा आलोचना भएपछि प्रहरीले रुचालको खोजी सुरु गरेको थियो तर एक बर्षसम्म पत्तो लगाउन सकेको थिएन । 


प्लस टुसम्म पढेको बताउने रुचाल काठमाडौंमा रिक्सा चलाउने काम काम गर्दथे । प्रहरीको खोजी सुरु भएपनि रुचाल काठमाडौबाट भागरे २०१९ फ्रेबुअरीमा भागेर भारतको दिल्ली पुगेका थिए । 


उनले दिल्लीमा करिव ३ महिना मःम प्याक्ट्रीमा काम गरेका उनी कश्मीर पुगे र पछि फेर करिव ४ महिना बसेका उनी चितवन फर्किएका थिए ।


भ्युअर्स बढाएर धेरै पैसा कमाउन सकिने साथीहरुको सल्लाहबाट उनले फेसबुकमा समूह बनाई यस किसिमको भिडियोहरु अपलोड गर्ने गरेको रुचालले प्रहरीलाई बताएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD