२० बैशाख २०८१, बिहिबार
Header

सामाखुसीमा एक बालक नाला खसेपछि खोलाले बगाएको आशंका


प्रकाशित: आइतवार, ७ साउन २०८०, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको सामाखुसीमा एक नालामा खसेपछि बालक बेपत्ता भएको छ । 


प्रहरीका अनुसार बालकको विपत व्यवस्थापन लगायतको टोलीले खोजी कार्य जारी राखेको बताएको छ । सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएको हो । 


आइतबार दिउँसो साढे ४ बजे घरबाट फुटबल खेल्न भनेर निस्केका स्ल्याब नभएको ठाँउबाट खसेको प्रहरीले बताएको छ । 


आजै पानी ठूलो परेकाले भेल आएर ती बालकलाई बगाएको हुन सक्ने प्रहरीको अनुमान छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD