३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सामाखुशीदेखि ग्रीनल्याण्ड चोकसम्मको मोटरबाटो एक महिनादेखि बन्द


प्रकाशित: सोमबार, २ बैशाख २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौँ । सामाखुशीदेखि ग्रीनल्याण्ड चोकसम्म विगत एक महिनादेखि बाटो बन्द हुँदा स्थानीयहरु तथा यात्रुहरुले सास्ती ब्यहोर्नु परेको गुनासो गरेका छन । 


सो क्षेत्रको बाटो अवरुद्ध हुँदा राजधानीको मुख्य बजार न्युरोड, बागबजार, असन लगायत थुप्रै कामकाजी गर्ने ठाउँमा जान यात्रुहरुले दुःख पाईरहेका छन । 


टोखा नगरपालिका खरीबोट बस्ने रमा न्यौपाने बागबजार जानका लागि सामाखुशी चोक आएर बस चढ्नुपर्ने बाध्यता भएको उनको भनाई छ । 


न्यौपाने सो क्षेत्रका प्रतिनिधि पात्र मात्र हुन यस्ता सयौ यात्रुहरुले दैनिक यस किसिमको समस्याको सामना गर्नुपर्ने देखिएको छ । 


उक्त बाटोमा सामाखुशी यातायात, शिवपुरी, झोर टोखा हुँदै सामाखुशी चल्ने यातायात र माइक्रो सञ्चालन हुँदै आएकोमा बन्द भईदिँदा लाखौ यात्रु समस्यामा परेका छन । 


सो सडकमा चल्ने सवारी साधानहरु सामाखुशी चोकदेखि वसुन्धरा चौकी धापासी हाइट हुँदै ग्रीनल्याण्ड जानुपर्ने बाध्यता रहेको छ । 


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका सरोज सिटौलाका अनसार ग्राण्डीजस्तो महत्वपूर्ण अस्पतालमा जाने मुख्य बाटो अवरुद्ध हुँदा सयौँ बिरामीहरु चपेटामा परेका छन । 


सो बाटो बन्द हुने कारणबारे टोखा उपमहानगरपालिका उपप्रमुख ज्ञानमाया डंगोले ढल निर्माण गर्दा बाटो बन्द गर्नुपरेको भनाई राखेका छन । सो बाटो नियमित रुपमा सञ्चालन हुन अझ एक महिना लाग्ने उपम्रमुख डंगोलले बताईन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex