काठमाडौं । एसियाली मुलुकहरुमा सर्वाधिक रुचाएका ग्यालेक्सी जे सिरिजका स्मार्टफोन फेज आउट गर्ने सामसुङले तयारी गरिरहेको छ ।
सामसुङले चाँडैनै जे सिरिजका स्मार्टफोनको उत्पादन बन्द गरी ए सिरिजका स्मार्टफोनहरुको विस्तार गर्ने तयारी गरेको छ ।
सामसुङले ए सिरिजका फोनहरुलाई कम मुल्यमा बजारमा ल्याउने योजना छ । यसो भएको खण्डमा सामसुङले चिनिया स्मार्टफोनहरुसँग सहज रुपमा प्रतिस्पर्धा गर्न सक्ने बताइएको छ ।
त्यसैगरी सामसुङले एम सिरिजका फोन लञ्च गर्ने भएको छ ।
Categorized in प्रबिधि