२४ कार्तिक २०८२, सोमबार
Header

साफ वुमन्स च्याम्पियनसिप फाइनल खेल टिकट विक्री स्थगित


प्रकाशित: सोमवार, १२ कात्तिक २०८१, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत घरेलु टोली नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि टिकट बिक्री स्थगित गरिएको छ ।


सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक सूचना जारी अर्को सूचना नभएसम्मका लागि फाइनल खेलको टिकट बिक्री स्थगित गरिएको जनाएको छ ।


दशरथ रंगशालामा आइतबार भएको नेपाल र भारतबीच भएको सेमिफाइनलमा दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेको बारेमा सत्यतथ्य बुझ्न टिकट बिक्री स्थगित गरिएको एन्फाले जनाएको छ ।


दर्शक क्षमता १५ हजार रहेको दशरथ रंगशालको  आइतबारको खेलमा क्षमता भन्दा बढी दर्शक उपस्थित थिए । खेलको म्याच रिपोर्ट अनुसार दशरथ रंगशालमा १८ हजार ९ जना दर्शक उपस्थित थिए ।


एन्फाले साफ वुमन्स च्याम्पिनयसिपको लागि माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिलाई टिकेटिङको अधिकार बिक्री गरिएको थियो ।


 एन्फाका अनुसार साफ च्यम्पियनसिपमा समूह चरणका लागि साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० रुपैयाँको टिकटदर तोकिएको थियो भने नकआउट चरणका लागि साधारणतर्फ ५०० र भीआईपीतर्फ १००० रुपैयाँ मूल्य तय गरिएको छ ।


हेरौं विज्ञप्तीः
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex