काठमाडौं । सन् २०२५ को साफ च्याम्पियनसिप श्रीलंकामा हुने तय भएको छ ।
मंगलबार काठमाडौंमा बसेको साफको कार्यसमिति बैठकले सो निर्णय गरेको हो । साफ (पुरूष) च्याम्पियनसिप फुटबल श्रीलंकामा हुने भएको छ ।
साफ कार्यसमिति बैठकमा लागि काठमाडौ आइपुगेका श्रीलंका फुटबलका अध्यक्ष जसवर उमारले श्रीलंकाले आयोजना गर्ने पुष्टी गरेका हुन् । श्रीलंकाले १७ वर्षपछि साफ च्याम्पियनसिप आयोजना गदैछ ।
साफ च्याम्पियनसिप आगामी जुनमा हुनेछ । श्रीलंका फुटबल फेडेरेसनको प्रस्थानमा साफका सदस्यहरु राष्ट्रहरुले यो निर्णय गरेको श्रीलंका फुटबले जनाएको छ ।
श्रीलंकाले यसअघि सन् २००८ मा माल्दिभ्ससँग मिलेर साफ च्याम्पियनसिप आयोजना गरेको थियो । पछिल्लो पटक साफ मेन्स च्याम्पियनसिप सन् २०२३ मा भारतको बेंगलुरुमा आयोजना भएको थियो ।
साफ च्याम्पियनसिपलाई दक्षिण एसियाको विश्वकपको रुपमा चिनिन्छ । भारतले सर्वाधिक ९ पटक साफको उपाधि जितेको छ भने माल्दिभ्सले २ तथा बंगलादेश र श्रीलंकाले १–१ पटक उपाधि जितेका छन् ।
यस्तै सन् २००३ देखि २०१५ सम्म साफमा रहेर खेलेको अफगानिस्तानले पनि एक पटक उपाधि जितेको थियो ।
नेपालले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
12 March 2025, Wednesday
Categorized in मनोरन्जन