काठमाडौ । सानिमा बैंकबाट डा. उपेन्द्रो महतोको समूह बाहिरिएको छ ।
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष महतो भाइ डा. बिरेन्द्रको नाममा रहेको साढे तीन प्रतिशत शेयर कर्मचारी सञ्चय कोषले खरीद गरेको छ ।
महत्तोले सानिमा बैंकको २७ लाख १८ हजार ८३५ कित्ता संस्थापक शेयर बिक्री गरेका हुन अंकित मूल्य १०० रुपैयाँ प्रति कित्ताको शेयर १८० रुपैयाँ कित्ताका दरले बिक्री गरिएको हो ।
शेयर बिक्रीपछि महतोको हातमा ४८ करोड ९३ लाख ९० हजार ३०० रुपैयाँ आएको छ ।
महत्तो शेयर विक्री शेयर स्वीकृतीको लागि राष्ट्र बैंक पठाइएको छ ।
Categorized in बैंक