काठमाडौं । सानिमा बैंकले एकै पटक चार नयाँ शाखाहरु थपेका छन् ।
बैंकले उदयपुरको गाइघाट, सप्तरीको राजविराज, इलामको माइ र इलाम बजारमा शाखा खोलेको हो ।
शाखाको उद्घघाटन ब्राण्ड प्रवद्र्धक कलाकारहरु मनकृष्ण श्रेष्ठ र हिरवंश आचार्यका साथै बैंकका पूर्व सञ्चालक डा। सुवर्णदास श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।
सो उद्घघाटन कार्यक्रममा बैंकका सिईओ भुवन दाहालले सानिमा विकास बैंकको सेवा तथा सुविधाहरुबारे बताएका थिए ।
बैंकको ५८ शाखा, एक एक्सटेन्सन काउन्टर र ६७ वटा एटिएम छन् ।
Categorized in बैंक