५ जेठ २०८१, शनिबार
Header

सानिमाले दक्षिण कोरियाबाट रेमिटेन्स भित्र्याउने


प्रकाशित: मंगलवार, २९ माघ २०७५, १८ः०५ बजे
- महानगरखबर

काठमाडौं । सानिमा बैंकले दक्षिण कोरियाबाट रेमिटेन्स भित्र्याउने भएको छ । 


बैंकले मंगलावार जारी सुचनामा सानिमा बैंक र भिपी आईएनसिबीच दक्षिण कोरियाबाट रेमिटेन्स भित्र्याउने सम्झौंता भएको छ । 


सम्झौंतापत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र भिपीबाट प्रमुख कार्यकारी अधिकृत जुनकिमले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।


सानिमा एक्सप्रेसमार्फत दक्षिण कोरियाबाट पठाएको रकम नेपालभरि १० हजार भन्दा बढि आधिकारिक प्रतिनिधिमार्फत भुक्तानी लिन सकिनेछ । 


नेपाल पैसा पठाउदा नेपालमा भएको सानिमा बैंक लगायत अन्य कुनै पनि बैंक खातामा जम्मा गर्न सकिने बैंकद्धारा जारी सुचनमा उल्लेख गरिएको छ ।  


सानिमा एक्सप्रेसले आन्तरिक रेमिटेन्स तथा अन्तराष्ट्रिय रुपमा युएई, मलेसिया, कतार, बेलायत, दक्षिण कोरिया, अस्ट्रेलिया लगायत रेमिटयान्स सेवा प्रदान गर्दै आएको छ । 


सानिमाको अहिले देशभर ७६ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ७२ वटा एटिम स्टेशन रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD