७ बैशाख २०८१, शुक्रबार
Header

सात वटा क्यासिनोलाई एक हप्ता भित्र कर तिर्न महानगरको पत्रचार


प्रकाशित: आईतवार, १९ भाद्र २०७९, १९ः०० बज
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक साताभित्र सात वटा क्यासिनोलाई मनोरन्जन कर तिर्न काठमाडौं महानगरपालिकाले पत्रचार गरेको छ ।


आइतबार एक पत्र पठाउँदै महानगरपालिकाले होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णको क्यासिनो प्यालेस, होटर्ल याडिसनको क्यासिर्नो याड, होटल हायातको प्राइड इन्टरनेशनल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न भनेको हो ।


महानगरको राजश्व विभागले ती क्यासिनोहरुले चार बर्षदेखि कर नतिरेको र वागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरन्जन कर पटक–पटक ताकेता गरेको जनाएको छ ।

 
प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिवानासहित ७ दिनभित्र कर चुक्ता नगरे महानगरको राजश्व ऐन अनुसार कारबाही गरिने चेतावनी महानगरले क्यासिनोलाई गराएको छ । 


वागमती प्रदेशको आर्थिक ऐन अनुसार उठेको राजस्वको ६० प्रतिशत महानगर र ४० प्रतिशत प्रदेशमा दाखिला गर्नुपर्छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD