१७ बैशाख २०८१, सोमबार
Header

सात लाख बराबरको गरगहना चोरी


प्रकाशित: शनिबार, ९ भाद्र २०७५, १२ः०६ बजे
- महानगरखबर

काठमाडौं । सिराहाको लाहान नगरपालिकास्थित एक घरबाट सात लाख बराबरको गरगहना तथा धनमाल चोरी भएको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार सिरहाको लहान नगरपालिका–३ रघुनाथपुरस्थित स्थानीय देवनाथ यादवको घरका सो धनमाल गएराती चोरी भएको हो । घरमा कोही नभएको बेला मौका छोपी चोरले घरभित्रको दराज फुटाएर सुनको सिक्का, सुनको मारबारी, मङ्गलसुत्र, सुनको मनटिक्का, सुनको बजरंगबली मूर्ति, सुनको औँठी चार थान, कान र नाकको टप, चाँदीको करा ४० भरको हसुली, ७० वटा चाँदीको सिक्का ४० भरीको हारी १० भरीको बलिया तीन सेटलगायतका सामान चोरी भएको हो । 


साथै चोरले एक थान मोबाइल सेट तथा पाँच हजार भारतीय रुपैयाँसमेत लगेको यादवले प्रहरीलाई जानकारी गराएका छन् । 


प्रहरीले घटनाबारे छानबिन र चोरको खोजतलास भइरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD