काठमाडौं । संसद विघटन लगत्तै सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन ।
राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन ।
आईतवार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डरारीले संसद विघटन भएको छ । राष्ट्रपति भण्डारीले मध्यावधि निर्वाचनको समेत घोषणा गरेकी छिन ।
आगामी बैशाख १७ गत पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचनसमेत तोकेकी छन ।
Categorized in राष्ट्रिय