काठमाडौं । असोजको लागि सार्वजनिक गरेका २० वाणिज्य बैंकमध्ये सात वटाले मुद्दती निक्षेपको ब्याजदर बढाएका छन ।
असोजमा राखिने मुद्दती निक्षेपमा अधिकतम ११.०५ प्रतिशतसम्म ब्याजदर दिने भएका छन ।
प्राइम कमर्सियल, नेपाल एसबिआई, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएका हुन । भदौमा बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम १०.८९६ प्रतिशत ब्याजदर दिएका थिए ।
यससँगै अब वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपमा रकम राख्दा न्यूनतम सात प्रतिशतदेखि अधिकतम ११.०५ प्रतिशतसम्म ब्याजदर पाइने भएको छ ।
Categorized in बैंक