१२ श्रावण २०८१, शनिबार
Header

सातौं टिकाभैरव सो क्योकुशिन फुलकन्टयाक्ट कराँते प्रतियोगिता सम्पन्न (तस्वीरहरु)


प्रकाशित: आइतवार, २७ जेठ २०८१, १३ः१० बजे
- नवराज कुँवर

काठमाडौं । गोदावरीमा सम्पन्न २ दिने ७ औं राष्ट्रियव्यापी टिकाभैरव सो क्योकुशिन फुलकन्टयाक्ट कराँते प्रतियोगिता सम्पन्न भएको छ । 


समापन समारोहका प्रमुख अतिथी प्रतिनिधिसभा सांसद उदयशम्शेर राणाले बिजेता खेलाडीहरुलाई पुरस्कार तथा प्रमापणपत्र प्रदान  गरेका थिए ।  


टिकाभैरव सो क्योकुशिन फुलकन्टयाक्ट कराँतेका प्रमुख दिनेश नगरकोटीका अनुसार जेठ २५ गते शुक्रवार र २६ गते शनिवार आयोजित सो प्रतियोगितामा ५५ केजी पुरुषमा निरज नगरकोटी(टिका भैरव डोजोे) प्रथम भएका छन ।

 


त्यसैगरी, द्धितियामा सुनिल कुँवर,(नेपाल आर्मी ), तृतियमा प्रविण माझी (नेपाल आर्मी ) र चौथोमा टेकेन्द्र बोहारा(पाथिभारा डोजो) भएका छन । 


यस समूहका बिजेता खेलाडीलाई बिजेतलाई नगद रु १० हजार, दोस्रोलाई रु ५ हजार र तृतियलाई रु २५०० नगद प्रदान सहित प्रमणपत्र, मेडल र  ट्रफि प्रदान गरिएको छ । 

 

आर्मीका महिलामा मन्जु विक प्रथम, दोस्रो सुमित्रा नगरकोटी(सशस्त्र प्रहरी), तेस्रोमा अनिषा तामाङ र चौथोमा सरु थापा मगर भएकी छिन ।

 
पुरुष खुला तौलमा आर्मी का विकास गुरुङ्ग प्रथम, अमित महर्जन(टोखा डोजो), तेस्रो भुपेन्द्र विश्वकर्मा र चौथोमा विजय तामांग भएका छन । 


४० केजी महिला प्रतिस्पर्धामा दक्षिणा धलान प्रथम, आरती थिंग द्धितिया, करुण योन्जन तृतिय र आराध्या थापा चौथो भएकी छिन ।


यस समूहका बिजेतालाई खेलाडीलाई ५ हजार, द्धितियलाई २ हजार ५ सय, तृतियलाई १ हजार ५ सय र चौथोलाई १ हजार नगद पुरस्कार प्रदान गरिएको छ । 


४० केजी पुुरुष समूहतर्फ सविन गुरुङ प्रथम, विश्वास तामाङ दोस्रो, जगत प्रजा तेस्रो र अर्पण लामा चौथो भएका छन । 

 


 

२५ केजी महिला समूह तर्फ अन्जता नगरकोटी, मिका राई द्धितिया, एन्जल राणा तृतिय र विशेषा तामाङ चौथो भएका छन । 


२५ केजी पुरुष समूह तर्फ सुजन तामाङ प्रथम, अनुप लिम्बु दोस्रो, विहान नगरकोटी (टिकाभैरव) तृतिय र जितेन्द्र भण्डारी (कीर्तिपुर) चौथो भएका छन ।

 


कार्यक्रमको पहिलो दिन बागमति प्रदेश सभा सदस्य सभासद मिनकृष्ण महर्जनले उद्घाटन गरेका थिए ।


कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पार्न स्थानीय वडा अध्यक्षसँगै स्थानीय संघ, संस्थाको विशेष सहयोग रहेको थियो । 

 


यस प्रतियोगितमा सो– क्योकुशिनका सातै प्रदेशका खेलाडीको विभागीय टिम, नेपाल आर्मी, सशस्त्र प्रहरी (एपिएफ) को सहभागीता रहेको थियो । 


कार्यक्रम स्थानीय, खेलप्रेमी तथा अन्यसहित हजारौंको संख्यामा उपस्थिती रहको आयोजकले जनाएको छ ।

 

 

 

 
तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर 

 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex