१४ बैशाख २०८१, शुक्रबार
Header

साताव्यापी स्वयम्भू महोत्सव सकियो


प्रकाशित: बुधवार, २३ पुष २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । साताव्यापी स्वयम्भू महोत्सव मंगलवार भव्य रुपमा सम्पन्न भएको छ । 


बिश्व सम्पदा सूचीमा सुचीकृत स्वययम्भूको महोत्सव विशेष र महत्वपूर्ण रहेको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले बताएका छन । 


प्रमुख शाक्यले काठमाडौं महानगरपालिका बश्व सम्पदा सूचीमा सुचीकृत स्थानहरुको पहिचानलाई बिश्वभर फैलाउन क्रियाशिल रहेको बताउँदै स्वयम्भू महोत्सवले देखाएको सम्भावनालाई महानगरभरि बिस्तार गरिने बताए । 


भुइँखेलमा आयोजना गरिएको सप्ताहव्यापी स्वयम्भू महोत्सवको समापन कार्यक्रममा सहरी बिकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले अघि बढाएको नेपाल पर्यटन बर्षका कार्यक्रमलाई स्वयम्भू महोत्सवले सहयोग पु¥याएको धारणा राखेका थिए । 


त्यसैगरी कामपा १५ वडा अध्यक्ष तथा महानगर प्रवक्त ईश्वरमान डंगालले आफू महोत्सवले उत्सहित भएको बताउँदै बिश्व सम्पदा क्षेत्र स्वयम्भूको ऐतिहासिकता, मौलिकता, धार्मिक सहिष्णुता र स्थानीय जातीय बिधिधताको प्रचार प्रसार गरी पर्यटन प्रबर्धन गर्ने उद्देश्यले महोत्सव गरिएको भनाई व्यक्त गरे ।

 
कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक बिश्वराम पोखरेलले नागरिक र जनताबीच फरक नभएको भनाई राखे । मिलेर काम गर्न सकिन्छ भन्ने महोत्सवले सन्देश दिएको प्रहरी नायव महानिरीक्षक पोखरेलले बताए ।

 
महोत्सव पुष १६ गते शुरु भएको थियो । ‘स्वयम्भू जाउँ, नेपाल पर्यटन बर्ष मनाऔं’ नारासहित आयोजना गरिएको कार्यक्रम वडा १५ र महानगरीय प्रहरी वृत्तको संयुक्त आयोजनामा सञ्चालन भएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD