१२ बैशाख २०८१, बुधबार
Header

सातवटा सम्पदा क्षेत्रलाई जोडेर साईकल लेन 


प्रकाशित: आईतबार, २६ माघ २०७६, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । उपत्यका भित्रका सात वटा विश्व सम्पदा क्षेत्रलाई जोडेर साईकल लेन बनाईने भएको छ ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले सातवटा सम्पदा क्षेत्रलाई जोड्नेगरि साइकल लेन निर्माण गर्ने योजनाको गृहकार्य भइरहेको बताएका छन  । 


आइतबार पर्यटन मंत्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले डिजाइनको प्रारुप तयार भएपछि काम अघि बढाउने योजना सुनाए ।

 
धार्मिक एवं सांस्कृतिक पर्यटनलाई लक्षित गर्दै  साइकल लेन निर्माण गर्ने योजना बनाएका बताए । एउटा सम्पदा क्षेत्रबाट अर्कोमा साइकलमा आवतजावत गर्न सजिलो हुनेगरि बनाउने मन्त्रालयको तयारी भएको जानकारी दिए । 


त्यसैगरी सरकारले उपत्यकालाई उज्यालो बनाउन ‘भ्याली बाइ लाइट’ को काम पनि अगाडि पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले बताए ।  भूकम्पबाट क्षति भएका सांस्कृतिक सम्पदाको पुनर्निर्माणमा भएको प्रगति विवरण कार्यक्रममा पुरातत्व विभागले सार्वजनिक गरेको थियो । 


विभागका अनुसार क्षति भएका ९ सय २० वटा पुरातात्विक सम्पदामध्ये चार सयभन्दा बढीको पुनर्निर्माणको काम पूरा भएको छ । 


काठमाडौं उपत्यका भित्रका ५ सय ४० वटा संरचनामध्ये १ सय ६९ को निर्माण सम्पन्न भइसकेको जानकारी कार्यक्रममा दिइएको थियो । 

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD