काठमाडौं । सातगाउँले जात्रा(न्हेगाँ) जात्राको अवसरमा कीर्तिपुर नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।
नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको आइतबार प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले सूचना जारी जानकारी दिएको हो ।
नगर कार्यपालिकाको आइतबार बसेको बैठकले त्यसदिन सातगाउँले जात्रा परेकाले बिदा दिने निर्णय गरेको हो ।
‘मंसिर २५ गते मंगलबार स्थानीय परम्परागत सातगाउँले (न्हेगाँ) जात्राको अवसरमा कीर्तिपुर नगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने कीर्तिपुर नगरपालिका नगर कार्यापालिकाबाट आइतबारको लागि यो सूचना प्रकाशित गरिएको छ। निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख छ।
Categorized in स्थानिय