काठमाडौं । सरकारले करिब साढे ३ करोड रकम खर्च गरेर ३३४ जना सांसदलाई ल्यापटयाप बाड्ने भएको छ ।
संघीय संसद सचिवालयले यसको लागि जेठ १९ गते बोलपत्र समेत आव्हान गरिसकेको छ । सरकारले संघीय सांसदलाई पेपरलेस बनाउने भन्दै सो ल्यापटप बाड्न लागिएको हो ।
प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदले ल्यापटप पाउने भएका छन ।
सांसदका लागि ल्यापटप खरीद गर्न अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेपछि बोलपत्र आह्वान गरिएको हो ।
यस अघि गैरसरकारी संस्थाले रकम पहिलो र दोस्रो संविधानसभा निर्वाचनपछि संसदीय दलका नेता र प्रमुख सचेतकलाई ल्यापटप बाँडिएको थियो ।
तर यस पटक भने राज्यकोषबाटै ल्यापटप बाड्न खाजिएको हो । ल्याटपटप चलाउन नजान्ने सांसदहरुलाई तालिम समेत दिने सचिवालयले जनाएको छ ।
Categorized in राष्ट्रिय