१६ चैत्र २०८०, शुक्रबार
Header

साढे ३३ केजी सुन प्रकरणः गोरेसहित ६ जनालाई जन्मकैद, २ जनाई ३ बर्ष ६ महिना कैद 


प्रकाशित: मंगलवार, १९ असोज २०७८, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जना दोषी ठहर भएको अदालतले फैसला सुनाएको छ । 


सुन तस्करी र भरिया सनम शाक्यको हत्यामा संलग्न ८ जना मध्ये गोरे भनिने चुडामणि उप्रेती सहित ६ जनाले जन्मकैदको सजाय पाएको छ । 


जन्मकैदको सजाय पाउनेहरुमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन भने थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ ।


साथै अन्य ४८ जनाले सफाइ  पाएका भने सबै सो प्रकरणमा मुछिएका प्रहरीहरु निर्दोष सावित भएका छन । घट्नमा संलग्न फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ ।


२०७४ माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै नेपाल भित्र्याइएको तस्करीको साढे ३३ केजी सुन प्रकरण चर्चामा रहेको थियो । 


त्यसबेला उर्लाबारीका सनम शाक्यको हत्या घट्ना सार्वजनिक भएपछि सुन तस्करीको पोल खुलेको थियो । सो घट्नको अनुसन्धानको लागि गृहमन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको थियो भने प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको नेतृत्वको पनि समिति बनाएको थियो ।


यस प्रकरणमा नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल पनि आरोपित थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD