७ बैशाख २०८१, शुक्रबार
Header

साझा यातायातले काठमाडौंमा विद्युतिय बस सञ्चालनमा ल्यायो


प्रकाशित: विहिवार, २३ असार २०७९, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकमा विहिवारदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । 


बसको ‘सफ्ट लञ्च’ साझा यातायातका संस्थापक अध्यक्ष ८५ वर्षीय विश्वबन्धु थापाले साझा यातायातका महेन्द्रराज पाण्डेयले जानकारी दिए । 


चीनको नानजिंगस्थित सिएचटिसिएचओ कम्पनीबाट ल्याइएको सो बसहरुले काठमाडौंमा सेवा थालेका पाण्डले बताएका छन ।  


साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले परीक्षणको रूपमा हाल तीन वटा बस सञ्चालनमा ल्याए पनि ३७ थान २०७९ साउन मसान्तसम्म भित्रिने योजना रहेको बताए ।

 
साझा यातायातले ४० वटा विद्युतीय बस ल्याउन करिब ६१ करोड रुपैयाँ खर्च गर्ने भएका छ । २५ वटा सिट क्षमता भएका सो बसमा वाइफाइ, टिभी डिस्प्ले, सिसी क्यामेरा लगायतका विशेषता छन ।  


सञ्चालनमा आएका दुई बस नयाँबसपार्क, बालाजु, ठमेल, रत्नपार्क–सिंहदरबार बानेश्वर– मिनभवन हुँदै एयरपोर्ट रूटमा सञ्चालन हुनेछन भने लगनखेल–लैनचौर–बाँसबारी हुँदै बुढानिलकण्ठ रूटमा एउटा बस सञ्चालनमा आउने छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD