१३ बैशाख २०८१, बिहिबार
Header

साझा बस चढेर पाटन गएकी राष्ट्रपतिलाई चिरिबाबुको स्वागत 


प्रकाशित: शनिवार, २३ पुस २०७९, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । साझा यातायातको विद्युतीय बस चढेर ललितपुरको पाटनढोका पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले स्वगत गरेका छन । 


राष्ट्रपति भण्डारीले शनिबार दिउँसो हाकुपटासी लगाएर पाटन पुगेकी महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुष्पगुच्छाले स्वागत गरका थिए । 


सो अवसरमा राष्ट्रपति भण्डारीले पाटनढोकामा रहेको मदन पुरस्कार पुस्तकालयको समेत अवलोकन गरिन भने पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथाको समेत अध्ययन गरेकी थिइन ।


त्यसैगरी हिँडेर पिम्बहाः पुगेकी उनले नेवारी भजन ग्रहणसँगै पिम्बहाः पुखुको इतिहासका बारेमा जानकारी लिएकी थिइन । 


अवलोकन भ्रमणपछि पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा शीतल निवास फर्केकी थिईन ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD