२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

साझा बसको टिकट पनि अब अनलाईनबाटै


प्रकाशित: आईतबार, २८ असोज २०७५, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । साझा यातायात र वस सेवा डटकमविच अनलाईन टिकटिङको सम्झौता भएको छ । 


अब यात्रुहरुले लामो दुरीको बस सेवाको टिकट अनलाईनबाटै बुकिङ गर्न सकिने साझा यातायातले जनाएको छ । 


यात्रुहरूले साझा यातायात डटकम डट एनपी, बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै टिकट काट्न सक्नेछन ।


ई –सेवा ‘एकाउन्ट’ भएका यात्रुरुले सहजै आफ्नो मोबाइल तथा इन्टरनेटबाट टिकट काट्न सक्नेछन भने नभएका ग्राहकले नजिकैका ई –सेवा अङ्कित साइबर कम्यूनिकेशनबाट टिकट लिन सक्नेछन । 


यसैगरी यात्रुहरुले अधिकांश बैंकका मोबाइल बैंकिङ तथा इन्टरनेट बैकिङ तथा अन्य विभिन्न तरिकाबाट रकम भुक्तानी गरेर पनि बस टिकट काट्न सक्नेछन । 


केही दिन अघि अनलाइन टिकटिङ सम्झौतापत्रमा साझा यातायातका तर्फबाट कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजी प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पिआर खनालले हस्ताक्षर गरेको छ । 


साझा यातायातले दियालो टेक्नोलोजिजले प्रवद्र्धन गरेको बस सेवा डटकमसँगको सहकार्यमा काठमाडाँै उपत्यका बाहिर सञ्चालन हुने आफ्ना सुविधा सम्पन्न डिलक्स बसमा अनलाइनबाट टिकट काट्न सकिने छ । 


साझा यातायातका बस काठमाडौँदेखि रूपन्देहीको भैरहवा र बागलुङका लागि सञ्चालनमा छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex