१५ बैशाख २०८१, शनिबार
Header

साग विजेताले पाए सरकारद्धारा घोषित पुरस्कार रकम


प्रकाशित: बुधवार, ३ बैशाख २०७७, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई घोषणा गरेको पुरस्कार रकम उपलव्ध गराएको छ । 


घोषणा गरेको चार महिनापछि युवा तथा खेलकुद मन्त्रालयको लेखा शाखाका अनुसार सागमा पदक जित्ने ४ सय ३५ जना खेलाडीलाई बैंक खातामार्फत पुरस्कार रकम पठाइएको हो । 


प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा बिजेता खेलाडीहरुलाई पुरस्कार रकमको घोषणा गरेका थिए । पुरस्कारका लागि १९ करोड ५३ लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ । 


पुरस्कार पाउनले बेरुजु वा अन्य बाँकी रहेको–नरहेको भन्ने स्वस्घोषणा गर्ने बाध्यात्मक व्यवस्था भएकाले पुरस्कार वितरण लम्बिएको थियो । 


सागमा स्वर्ण विजेताका लागि ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ३ लाख दिने घोषणा गरेका थिए ।  एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीका लागि एक स्वर्णको ११ लाख दिने गरी कार्यविधिमा स‍ंशोधन गरिएको छ ।


नयाँ कार्यविधिमा टिममा स्वर्ण विजेतालाई जनही ५ लाख, रजत विजेतालाई ३ लाख र कास्यका लागि २ लाख पुरस्कार दिने उल्लेख छ ।


नेपाललो सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी जम्मा २०६ पदक जितेको थियो । मंसिर तेस्रो साता साग गेम सम्पन्न भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD