२६ बैशाख २०८१, बुधबार
Header

सागको उद्घाटन समारोह सुरु, दीपक बज्राचार्यको मनमगन गीत गुञ्जने


प्रकाशित: आईतबार, १५ मंसिर २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदको भव्य उद्घाटन समारोह अहिले सुरु भएको छ ।


३ घण्टा १४ मिनेटसम्म सञ्चालन हुने समारोहको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ ।


त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल लगायतका नेताहरुको उपस्थिती रहेको छ । 


ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले उद्घान समारोहलाई सम्बोधन गरेका छन भने राष्ट्रिय खेलकुद परिषदका सविच रमेश सिलवालले स्वागत मन्तव्य दिएका थिए । 


उद्घाटन समारोहमा सागमा चार पटक स्वर्ण जितेका तेक्वान्दोका दीपक विष्टले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ भने मार्चपासमा नेपालको झण्डा ओलम्पियन भारोत्तोलक कमलबहादुर अधिकारीले बोक्नेछन । 


सागमा सहभागी नेपालसहित सबै राष्ट्रले आफ्नो देशको कला, संस्कृति र पहिचान झल्कने प्रस्तुतिसमेत दिने कार्यक्रम छ । 


सागमा यस पटक गायक दीपक बज्राचार्यको चर्चित गीत ‘मनमगन’ पनि गञ्जने भएको छ । 


उद्घाटनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ ।


सन १९९४ मा नेपालबाटै शुरु भएको सागको आठौं संस्करण नेपालले १९९९ मा आयोजना गरेको थियो । साग नेपालले तेस्रो पटक साग आयोजना गरेको हो । 


१३ औं सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र भुटानका करिब ३ हजार खेलाडीले २६ खेलमा ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि प्रतिस्पर्धा गर्नेछन ।

 

 



 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD