काठमाडौँ । सावारी साधनको गतिलाई नियन्त्रण गरी दुर्घट्ना हुन नदिने योजना अनुरुप महानगरिय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेबाट भक्तपुरको जगाती देखि काठमाडौ कोटेश्वर सडक खण्डमा टाईम कार्ड लागु गर्ने भएको छ ।
टाइम कार्ड लागू गरेपछि ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधन भने प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्नुपर्ने भएको छ । त्यसैगरी महाशाखाले १ गतेदेखि नै जगाते–कोटेश्वर सडक खण्डको बाँयातर्फ मालबाहक र सार्वजनिक सवारीसाधन तथा दायाँतर्फ मोटरसाइकल, कार, ट्याक्सी, पर्यटकीय बस, कूटनीतिक नियोगका बस सञ्चालन गर्ने तयारी गरेको छ ।
सडक सुरक्षालाई विशेष ध्यान दिएर महाशाखाले अहिले जगाती–कोटेश्वर क्षेत्रको ९.७ किलोमिटर क्षेत्रमा टाइम कार्ड लागू गर्न लागेको हो ।
देशभरि ३० लाख ८० हजार सवारीसाधन रहेकोमा काठमाडौँ उपत्यकामा मात्र ११ लाख सवारीसाधन सञ्चालनमा रहेको महाशाखाले जनाएको छ ।
Categorized in समाज