१४ बैशाख २०८१, शुक्रबार
Header

साउन मसान्तभित्र महानगरको बार्षिक कार्ययोजना


प्रकाशित: मंगलवार, १९ साउन २०७८, १७ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाको बार्षिक कार्ययोजना तयारको लागि छलफल सुरु भएको छ । 


साउनभित्र महानगरको बार्षिक कार्ययोजना तयार पारिने महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताएका छन । 


सहरी योजना आयोगमार्फत बार्षिक कार्ययोजना तर्जुमा टोलीले यस सम्बन्धी प्रक्रिया थालनी गर्दै विभागका प्रमुखहरुसँग अन्तरक्रिया गरेको छ । 


मंगलवार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको वार्षिक कार्ययोजना निर्माण सहजीकरण र विभागहरुसँग अन्तरक्रिया गरेको हो ।


टोलीले चालु आ. व. का लागि नगर सभाबाट स्वीकृत वार्षिक नीति र यसका आधारमा पारित भएको बजेट तथा कार्यक्रमलाई कार्ययोजनाको ढाँचामा विभागहरुलाई पठाइसकेको छ । 


विभागहरुले साउन २१ गतेभित्र बार्षिक कार्य योजना तयार पारेर फिर्ता पठाउनुपर्नेछ । मुख्य जिम्मेवारी, सहायक जिम्मेवारी, समयावधि, अनुगमन सूचकसहितका बुँदाका आधारमा निर्माण हुने कार्ययोजनामाथि विभाग स्तरीय छलफल गरेपछि साउन मसान्तभित्र प्रमुख प्रशासकीय अधिकृत र विभागीय प्रमुखहरुविच कार्य सम्पादन सम्झौता हुनेछ ।


सो अवसरमा प्रशासकीय अधिकृत ज्ञवालीले बोलपत्रमा जानु पर्ने कार्यक्रमलाई तत्कालै प्रक्रिया थाल्न, त्यसकालागि लाग्ने समयका आधारमा कार्ययोजना बनाउन आग्रह गरेका छन । 


सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले पूर्ण चक्रमा कार्ययोजना कार्यान्वयन हुने गरी काम गर्नु पर्ने बताए । कार्यक्रममा उपनिर्देशक प्रहलाद घिमिरेले कार्ययोजनाको ढाँचा र आवश्यक पर्ने विवरण सम्बन्धी प्रस्तुत गरेका थिए । 


बार्षिक कार्ययोजना तर्जुमा सहजीकरणका लागि निर्देशक बसन्त आचार्यको संयोजकत्वमा टोली गठन भएको छ । टोलीको सदस्यहरुमा उपनिर्देशकहरु प्रहलाद घिमिरे र प्रवीण प्याकुरेल र शाखा अधिकृत सन्जिव श्रेष्ठ छन । 


नगर सभाबाट स्वीकृत भएका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि नगर प्रमुखले ७ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई र प्रमुख प्रशासकीय अधिकृतले १५ दिनभित्र बिभागीय प्रमुखहरुलाई अधिकार प्रत्यायोजन गर्नु पर्ने कानुनी व्यवस्था छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD