१२ बैशाख २०८१, बुधबार
Header

साउने संक्रान्ति मनाउँदै हिन्दुधर्मालम्बीहरु, पहिलो गुरु नै शिव !


प्रकाशित: बुधवार, १ साउन २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । हिन्दुधर्मालम्बीहरुका लागि साउन महिना विशेष महिनाको रुपमा हुने गर्दछ । साउन महिनाको पहिलो दिन आज साउने संक्रान्ति मनाईन्छ ।  


धम्रग्रन्थ अनुसार भागवन शिवको प्रिय महिना साउनलाई मानिन्छ । यस महिनालाई शिवको उपासनाको महिना पनि भनिन्छ । 


शीतलताको यस महिनाले सबैलाई शीतल प्रदान गर्दछ भगवान शिवलाई पनि जल जढाईने महिना हो । हिन्दु धर्मालम्बीहरुले शिवको महिमा गाउन लागि विभिन्न धार्मिक स्थलहरुमा गएर ‘बोलबम’ भन्दै जल अर्पण पनि गर्ने गर्दछ ।

 
हिन्दुधर्मालम्बीहरुले साउन महिनाभरी माछामासु नखाई शिवको पुजा आजा, उपासना गरेर मनाईन्छ । 


समुन्द्र मन्थनको रोचक कथा
भागवत महापुराणमा लेखिएको समुद्र मन्थनको एक रोचक र उपदेश तथा न्यायपूर्वक छ । कथा अनुसार संसारलाई बचाउन भगवान शिबले विषनै पिएको थियो ।


देवता र दानव मिलेर समुद्र मन्थन गर्दा विष निस्केपछि भगवान विष्णुको सल्लाह अनुसार देवताहरुको विन्तीपछि शिवले विष दिएर सृष्टिको रक्षा गरेका कथा छ ।  


शिवले घाँटीमा अड्काएर राखेको विषको कारण घाँटी निलो भएपछि उनलाई ‘निकलण्ठ’ को नामपले पनि चिनिन्छ । यो कथा आजको पुस्तालाई काल्पिनिक लागेपनि सन्देशमुलुक रहेको छ । 


जल चढाउने परम्परा शुरु


कथा अनुसार शिवले बिस पिएपछिको देखिएको भयानक शारिरक असरलाई शान्त पार्न शरीरमा जल (पानी) चढाउन थालियो र उनले शीतल महसुस गर्न थाले अनि प्रसन्न पनि भए । त्यही बेलादेखि शिवलाई जल चढाउने परम्परा सुरु भएको बताइन्छ । 


शिवको महिमा किन ?


शिव देवताको पनि महादेव भनेर चिनिने शिव आखिर किन अति साधारण जीवन विताउँछन त ? कथाले यो सन्देश पक्कै दिन्छ किन व्यभिचारको विष फैलेपछि मानिसले त्यसलाई रोक्नु पर्दछ । शिवले आफ्नो गृहस्थी जीवनको बावजुद पनि सन्यासी जस्तो बनेर गुफ, पहाड गएर सन्तुष्टसँग बसेको कथा सुनिन्छ । 


अर्कोतर्फ शिवनै सबैको गुरु पनि हो कि किन साउन महिना सुरु हुनुभन्दा एक दिन अगाडि गुरु पूर्णिमा मनाइन्छ । व्रह्मा सृष्टिको पिता हुन भने शिव पहिलो गुरु । शान्ति, सन्तुष्टि र सहयोगको जुन पाठ शिवले संसारलाई पढाए त्यो अन्य कुनै देवताले पढाएनन ।


अर्कोतर्फ शिव न्याया प्रेमी पनि हुन । समुन्द्र मन्थनकै कतामा देवताहरुले छल गरेर आफ्नो भाग विष परिदिएको बिन्तीभाउ शिवलाई गरेपछि शिवले आफै विष पिएर दिएर दानवहरुमाथि न्याय गरेको कथा पाईन्छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD