१६ चैत्र २०८०, शुक्रबार
Header

साउनदेखि सिंहदरवारमा विद्युतिय चुल्हो प्रयोगमा ल्याईने


प्रकाशित: शुक्रवार, ३१ असार २०७९, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । सरकारले आगामी साउनदेखि सिंहदरवार भित्र ग्यास सिलिण्डर विस्थापित गर्ने भएको छ ।


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा निकायलाई पत्राचार गर्दै आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको बुँदा नं. २५३ को प्रभावकारी कार्यान्वयन गर्न भनेको छ ।


बजेटको सो बुँदामा भनिएको छ, ‘सिंहदरबार परिसरबाट आगामी साउन महिनाभित्र ग्याँस सिलिन्डर विस्थापित गरी विद्युतीय चुलो उपयोग गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।’ यो बुँदा कार्यान्वयन गर्न अब सिंहदरबारका सबै क्यान्टिनबाट ग्याँस सिलिन्डर विस्थापित हुनु पर्ने भएको छ ।


बजेटले आगामी तीन महिना भित्र महानगर र उपमहानगरपालिका भित्रका सबै सार्वजनिक कार्यालय र निवासलाई ग्यास सिलिण्डर मुक्त गराई क्रमशः विद्युतीय चुलो प्रयोगलाई देशव्यापी बनाउने घोषणा गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD