१३ बैशाख २०८१, बिहिबार
Header

साईवर अपराधबारे महानगरले कार्यक्रम गर्दै


प्रकाशित: शुक्रवार, ३ चैत्र २०७९, १७ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले साईवर अपराधबारे जानकारीमुलक कार्यक्रम गर्ने भएको छ । 


महानगरले आगामी आईतवार राष्ट्रिय सभागृहमा विहान १० बजे करिब ४ सय जनाको सहभागितामा साईवर अपराधसम्बन्धी श्रव्यदृश्यसहित प्रस्तुत दिने महानगरको समाजिक विकास विभाग प्रमुख गोपाल प्रसाद पोखरेलले जनकारी दिए । 


कार्यक्रम महानगरकी कार्यकारी प्रमुख सुनिता डंगोलको अध्यक्षतामा हुने विभागले जनाएको छ । 


सो कार्यक्रममा महानगरले ३२ वटै वडाका सदस्य प्रतिनिधिहरु, वडा सञ्जाल, सरोकारवाला संघ, संस्था, मानव वेचविखन तथा ओसार पोसार नियन्त्रण वडा समिति र महिला विकास समितिका सदस्यहरुलाई अनिवार्य भेला हुन अनुरोध गरेको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD