१४ बैशाख २०८१, शुक्रबार
Header

साईन बोर्ड हटाउँदा लाग्ने जरिवाना तोक्दै महानगर, ५ सयदेखि ३ हजारसम्म हुने


प्रकाशित: बुधवार, २० पुस २०७९, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरले तोकेको मापदण्ड विपरितका साईन बोर्ड हटाउँदा जारिवाना तोक्ने भएको छ । 


बुधवार राजस्व परामर्श समितिका संयोजक तथा महानगर उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । 


बैठकले सो प्रस्तावलाई आगामी नगरसभामा लैजाने निर्णय गरेको र जरिवाना रकम कम्तीमा ५ सय रुपैयाँ र अधिकतम ३ हजार रुपैयाँ हुने निर्णयमा उल्लेख छ ।


व्यवसायीले स्वीकृति नलिई वा मापदण्ड विपरीत राखेका परिचय पाटी महानगरपालिकाको टोलीले हटाउँदा लाग्ने जरिवाना जरिवाना तोक्दा स्थान र सामान तथा उपकरणको प्रयोगलाई आधार बनाइएको छ । 


भुइँ तला र पहिलो तलामा राखिएका साधारण प्रकृतिका परिचय पाटीलाई एउटा शुल्क तोकिएको छ । 


यिनै ठाउँमा वेल्डिङ् मेसिन तथा अन्य विद्युतीय उपकरण प्रयोग गरेर पाटी हटाउनु परेमा अर्को प्रकारको शुल्क लाग्नेछ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD