काठमाडौं । काठमाडौं महानगरपालिकाले अनाधिकृत साईन बोर्ड (परिचय पार्टी) हटाउन सुरु गरेको छ ।
महानगरले ३० वर्गफिट भन्दा माथिको बोर्डहरु राख्न नपाउने सुचना जारी गरेपछि नगरप्रहरीको टोलीले हटाउन सुरु गरेको हो ।

नगर प्रहरीले काठमाडौं महानगर २८ वागबजार क्षेत्रमा तोकिएको मापदण्ड विपरितका साईन बोर्ड हटाउन थालेको छ । नगर प्रहरीका अनुसार केही दिन यता बागबजार क्षेत्रको रोडको एक साइडको बोर्डहरु हटाउन थालिएको हो ।
बागबजार क्षेत्रका स्कुल, कलेज, ईन्सिच्युटहरु धेरै रहेकोले यस किसिमको साईनबोर्डहरु धरै रहेका छन ।
अहिले यस क्षेत्रमा नगर प्रहरीहरुले वोर्ड हटाउन थालेपछि व्यवसायीहरु आफैले पनि बोर्ड हटाउन सुरु गरेको छ ।
महानगरले पुस ५ गते सुचना जारी गरी महानगरले तोकेका मापदण्ड अनुसार मात्र बोर्ड राख्न १५ दिनको अल्टिमेटम दिएको छ । सो समयभित्र नहटाए महानगरले हटाउने र लागेको खर्च सम्बन्धीसँग असुल उपर गर्ने चेतावनी दिएको छ ।
यस अघि महानगरले कालमाटि लगायत विभिन्न क्षेत्रका अनाधिकृत बोर्डहरु हटाईसकेको छ ।
तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in स्थानिय