१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

साइवर व्यूरोमा उपप्रमुख सुनिताले हालिन उजुरी, भनिन– फेक एकाउन्ट बन्द गरिदिनु


प्रकाशित: बुधवार, ३० साउन २०८१, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भोटाहिटीस्थित नेपाल प्रहरीको साईवर व्यूरोमा उजुरी दिएकी छिन ।


उनले आफ्नो नाम राखेर खोलिएका अनधिकृत फेसबुक पेज बन्द गराई प्रयोगकर्तालाई कारबाही गर्न माग गर्दै साइबर ब्यूरोलाई पत्राचार गरेकी छिन ।


व्यूरोलाई पठाएको पत्रमा भनिएकोछ, ‘एआई प्रविधिबाट फोटो तथा भिडियो एनिमेसन गरी सामाजिक सञ्जालहरुमा हाली व्यक्तिको चरित्रहत्या गर्नेसम्मका कार्य भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरी उक्त भिडियो, फोटो तथा समाचारहरु हटाइदिनुहुन र त्यस्ता गैरकानुनी ढंगबाट समाजमा गलत गतिविधि गर्नेहरुलाई कानुन बमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन पुनः अनुरोध गर्दछु ।’


अनधिकृत तरिकाले खोलिएका पेजहरुमार्फत समाजमा वैरभाव फैलाउने, सामाजिक सद्भाव भड्काउने, महिला दिदी–बहिनीहरुको चरित्रहत्या गर्ने काम भइरहेको उपप्रमुख सनिताले भनिन । 


उनले भनिन, ‘मेरै सन्दर्भमा पनि यस्ता खालका पेजहरु प्रविधिको दुष्प्रयोग गरेर चरित्रहत्या गर्ने कार्यहरु भइरहेका छन् । यस्ता कुरालाई नियन्त्रण नगर्ने हो भने आम महिला दिदी–बहिनीहरुले बढ्दो प्रविधिको प्रयोगसँगै असुरक्षित महसुस गर्नुपर्ने हुन्छ ।’


यसअघि १३ जेठ र २५ असारमा पनि ती फेसबुक पेजहरु बन्द गर्न आग्रह गरे पनि अहिलेसम्म बन्द नभएको पत्रमा उल्लेख गरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex