१४ बैशाख २०८१, शुक्रबार
Header

सांस्कृतिक उत्सव ‘गाईजात्रा’ सुरु


प्रकाशित: शुक्रवार, ३१ साउन २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । आजबाट सांस्कृतिक उत्सव ‘गाईजात्रा’ सुरु भएको छ । 


काठमाडौं उपत्यकामा विशेष रुपमा मनाईने यो जात्रा विभिन्न कार्यक्रमहरु गरी मनाईन्छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन यो जात्रा मनाईन्छ । 


गाईजात्रा उत्सव राजा प्रताप मल्लले प्रचलनमा ल्याएको ईतिहासमा उल्लेख छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जात्रा परम्पराको सुरु गरेको हो ।  


त्यसैगलै एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।


यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन भन्ने धार्मिक विश्वास छ ।


यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । 


यस जात्रामा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुणरसका गीत पनि गाइन्छ ।


जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धानचामलको नमूना तथा काठमाडौँको ठमेलमा स्वर्ण र रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन ।


यस पर्व काठमाडौँ उपत्यकालगायत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, खोटाङ लगायत अन्य जिल्लाहरुमा पनि मनाईन्छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD