काठमाडौं । सांसद जीवनराम श्रेष्ठले काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित छाउनीमा २०७२ सालको भुकम्पमा परी मृत्यु हुनेहरूको सम्झनामा भुकम्प स्मृति स्तम्भ पार्कको शिलान्यास गरेका छन ।
काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत पार्कको निर्माण कार्य प्रारम्भ गरेको जनाएको छ ।
सांसद श्रेष्ठले खुल्ला जग्गाहरूको संरक्षण पार्क निर्माणबाट भुकम्प तथा प्रकृतिक प्रकोप हुदाँ समुदायको लागि कामआउने बताउँदै सार्वजनिक खुला जग्गा संरक्षण तथा उपयोग आफ्नो प्राथमिकता भएको बताए ।
सो कार्यक्रमम कामपाका प्रवक्ता एवं १५ वडाका वडा अध्यक्ष ईश्वरमान डंगोल, कामपा १३ वडाका अध्यक्ष ध्रुवनारायण मानन्धरको उपस्थिती रहेको थियो ।
त्यसैगरी १५ वडा सदस्यहरू आनन्दराम गौतम, मैयालक्ष्मी महर्जन र डल्लु आवास सहयोग समितिका अध्यक्ष राजा शाक्य, पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष राजु महर्जन लगायत स्थानीय जनसमुदायको समेत सहभागिता रहेको थियो ।
Categorized in समाज