१३ बैशाख २०८१, बिहिबार
Header

सांसद श्रेष्ठको संयोजकत्वमा गुठी विधेयक सुझाव समिति गठन


प्रकाशित: सोमबार, १० चैत्र २०७६, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । सरकारले सांसद जीवनराम श्रेष्ठको संयोजक्त्वमा गुठी सम्बन्धी राय सुझावका लागि समिति गठन गरेको छ । 


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको समितिले पहिलो बैठक बसेको एक महिनाभित्र मन्त्रालयमा सुझाव पेश गर्नुपर्नेछ ।


काठमाडौं उपत्यकाभित्रका गुठीको धार्मिक, सांस्कृतिक विविधता, परम्परा तथा गुठी किसान, मोहीको विषयमा सुझाव लिन सरोकारवालासँग आवश्यक परामर्श गरेर प्रस्तावित गुठी विधेयकमा राय सुझाव पेश गर्न समिति गठन गरेको मन्त्रालयले जनाएको छ । 


चैत ५ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार गठित समितिलाई गुठियार, जनप्रतिनिधि, नागरिक समाज, संघर्ष समिति लगायतको सलंग्नतामा छलफल, अन्तरक्रिया गर्न भनिएको छ ।


सरकारले यसअघि ल्याएको गुठी विधेयकले उपत्यकाको गुठी संस्कृती माथि हस्तक्षेप गरेपछि सुरु भएको आन्दोलन पश्चात विधयेक फिर्ता लिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD