७ जेठ २०८१, सोमबार
Header

सांसद विराजभक्त श्रेष्ठले चोरीको मुर्तिबारे गृहमन्त्रीसँग जवाफ मागे


प्रकाशित: आईतवार, १९ चैत्र २०७९, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुुरको चापाँगाउँस्थित चोरि भईरहेको ऐतिहासिक मूर्तिबारे सांसद विराजभक्त श्रेष्ठले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन ।


आईतवार संसदमा श्रेष्ठले १० दिनको अन्तरालमा करिब ४ सय बर्ष पुरानो ३ वटा मूर्तिहरु चोरी भईसकेको अवस्थामा पनि राज्य मौन रहेको भन्दै आपत्ती जनाएका थिए ।


उनले ऐतिहासिक, पुरातात्विक महत्व बोकेको मुत्र्तिहरु चोरी भईरहँदा राज्यले जवाफ दिनु पर्ने भन्दै गृहमन्त्रीसँग जवाफ मागेका छन । 


साथै प्राचीन स्मारक ऐन अनुसार सम्बन्धित जिल्लाको सिडिओ र एसपी सँग स्पष्टीकरणको माग पनि सांसद श्रेष्ठले माग राखे । 


आज चापागाँउका स्थानीयहरुले शान्तिपूर्ण रुपमा आन्दोलनमा रहेको उनले संसदलाई बताएका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD