११ भाद्र २०८३, बिहिबार
Header

सांसद र सरकारी कर्मचारी सबैभन्दा बढी भ्रष्ट 


प्रकाशित: बुधवार, १० मंसिर २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको एक सर्वेक्षणमा नेपालका सांसद र सरकारी कर्मचारीलाई सबैभन्दा बढी भ्रष्ट देखाएका छन । 


सर्वेक्षणमा सहभागी भएका नेपालीहरूले सांसद र सरकारी कर्मचारीलाई सबैभन्दा बढी भ्रष्ट भएको मत व्यक्त गरेका छन । 


ट्रान्सपरेन्सी इन्टरनेसनलले एसियाका १७ देशमा गरेको सर्वेक्षणका आधारित ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया, २०२०’ प्रतिवेदन अनुसार सांसद र कर्मचारीलाई भ्रष्टाचारी मान्ने उत्तरदाता समान ४३/४३ प्रतिशत छन ।


सर्वेक्षण अनुसार ४० प्रतिशतले स्थानीय सरकारका अधिकारी र २८ प्रतिशतले प्रहरीलाई भ्रष्ट मानेका भने न्यायाधीश र न्यायिक अधिकारीलाई २४ प्रतिशतले भ्रष्ट भनेका छन ।


सरकारी भ्रष्टाचारलाई प्रमुख समस्या मान्नेहरूमा चीनमा ६२, दक्षिण कोरियामा ५५, म्यान्मारमा ५० र कम्बोडियामा जम्मा ३३ प्रतिशत छन ।


नेपालको हकमा सोधिएको प्रश्नमा गएको १२ महिनामा भ्रष्टाचारको अवस्था परिवर्तन भएको मान्नुहुन्छ ? प्रश्नमा ५८ प्रतिशतले भ्रष्टाचार बढेको छ भन्ने जवाफ दिएका छन । 


कम्बोडियामा १२, दक्षिण कोरियामा १७ र चीनमा २० प्रतिशतले मात्रै भ्रष्टाचार बढेको निष्कर्ष निकालेका छन । एसिया १७ देश मध्ये नेपाल सबैभन्दा बढी भ्रष्टाचार बढेको मुलुक हुन पुगेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex