१ भाद्र २०८३, सोमबार
Header

सांसद भण्डारीलाई उपचारको लागि भारत लगियो


प्रकाशित: विहिवार, ४ फागुन २०७९, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारको लागि भारतको मुम्बई लगिएको छ । 


बुधवार राती ग्याँस विस्फोटनमा परि घाईते भई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत भण्डारीलाई एयर एम्बुलेसबाट मुम्बई लगिने भएको हो । 


स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले सांसद भण्डारीलाई मुम्बइस्थित नेशनल बर्न सेन्टरमा उपचारका लागि पठाउन लागिएको बताए ।


सांसद भण्डारीको दुबै हात खुट्टा र अनुहारमा गरी शरीरमा करिब ३० प्रतिशत जलन भएको कीर्तिपुर वर्न अस्पतालले जनाएको छ । 

 


विहिवार विहान अस्पतालले थप उपचारको लागि वाहिर लगिनु पर्ने एक विज्ञप्ती जारी गरी भण्डारीलाई रिफर गरेको हो । उनकी आमाको भने निधन भएको छ ।


सांसद भण्डारीसँगै ८६ बर्षिया आमा हरिकला भण्डारी पनि घाईते भएको थियो । उनको उपचारकै क्रममा आज विहान निधन भएको हो । 


काठमाडौंको बुद्धनगरस्थित एक घरको भुइँतलाको किचनमा ग्यास सिलिन्डर बिस्फोट भएको हो ।


सो तलामा चन्द्र र आमा हरिकला मात्रै बस्थे ।  एक जना सहयोगी पनि राखिएको थियो । सो दिन सहयोगी भने थिएन । 


जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी सीताराम रिजालका अनुसार घटना बुधबार राति सवा १० बजे भएको थियो ।

 
प्रहरीको प्रारम्भिक अध्यन अनुसार किचेनमा ग्यास लिक भएको हरिकलाले थाहा पछि ग्यास लिक भएको थाहा पाएपछि हरिकलाले छोरा चन्द्रलाई यसबारे बताएकी थिईन । 


किचेनमा पुगेर सांसद भण्डारीले बत्ती बाल्ने क्रममा एक्कासी आगोको झिल्का आएर बिस्फोट भएको थियो । 


विस्फोट भएलगत्तै सांसद भण्डारी र उनकी आमालाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो । 

 


सो घट्नापछि सांसद भण्डारी र आमा हरिकलालाई हेर्न पूर्वप्रधानमन्त्री तथा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायत नेताहरुले कीर्तिपुर अस्पताल पुगेका थिए ।



तस्वीरहरुः बिरेन्द्र शाक्य/कीर्तिपुर 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex